सडक तथा खोला मापदण्ड खारेजीको माग गर्दै बिहीवार माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ ।
गैरन्यायिक सडक तथा खोला मापदण्ड खारेजीको निम्ति भन्दै सुमन सायमी नेतृत्वको मोर्चाले बिहिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । यस बिचमा राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले संविधान जलाएका छन्।
आज संविधान दिवसकाे दिन माइतीघर मण्डलामा महतोले संविधान जलाएका हुन्।
उनीहरुले जनतालाई उठिवास गर्ने गैर न्यायिक सडक तथा खोला मापदण्ड खारेज गर्नुपर्ने माग राखेका छन् । गैर न्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिका संयोजक सायमीले जनतालाई उठिवास लगाउने गरि अदालतबाट भएको आदेश खारेज गर्नुपर्ने भन्दै विरोध प्रदर्शन गरिएको बताए ।
सर्वोच्च अदालतले काठमाडौंभित्रका नदी किनारमा कम्तीमा २०/२० मिटरको दूरीभित्र कुनै संरचना बनाउन नमिल्ने र पहिल्यै रहेको भए हटाउनुपर्ने फैसला गरेको थियो । विभिन्न राजनीतिक दलका साथै सरोकारवालाहरूले उक्त फैसलाको विरोध गर्दै सरकार पुनरावलोकनमा जानुपर्ने माग राख्दै आएका छन् ।
