सितापाइलामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

काठमाण्डौं महानगर पालिका – १५ सितापाइला, सोल्टी स्थित दुपाह चोकमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा काभ्रे पनौतीका ३० वर्षीय नवीन परियार रहेका छन् । सोल्टी दुपाह चोकमा बिहीबार साँझ वाग्मती प्रदेश ०१-००२ जे ६७७० को मोटरसाइकल (बा४४पी५९०१) को ईभीले ठक्कर दिएको हो ।

घाइते मोटरसाइकल चालक परियारलाई स्वयम्भूस्थित मनमोहन अस्पतालमा लगिएको थियो । परियारको उपचारका क्रममा मृत्यु भएको हो । ईभीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।