काठमाडौंको गौशाला क्षेत्रबाट सुमन सामयि ,रबिन्द्र श्रेष्ठ ,दिपिन पन्तसहितलाई प्रहरीले नियन्त्रणमा लिएको छ। डोजर लगाएको विरोधमा पुगेका उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
शुक्रबार महानगर प्रहरीको टोली डोजर लगाएर गौशाला पुगेको थियो । सडक विस्तारका क्रममा सायमि बिचल्लीमा परेकाहरूको आवाज उठान गर्दै आएका एक सामाजिक अभियन्ता हुन्।
नेपाल सरकार द्वारा सर्वोच्च अदालतमा पुनरअवलोकन गरिएको मुद्दा अझै किनारा लाग्न बाकि रहेको अवस्थामा महानगरको कार्यक्षेत्र भित्र नपर्ने र महानगरपालिकाले नै निर्माण सम्पन्न स्वीकृत तथा निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गरिसकेको गौशाला स्थित रहेको निजि घरहरुमा डोजर चलाएको सुमन सामयि ले जानकारी दिए।
