जनता समाजवादी पार्टी, काठमाण्डौं जिल्लाले नववर्ष नेपाल संबत ११४५ का साथै छठ पर्व र तिहारको उपलक्ष्यमा जलपान कार्यक्रमको आयोजना गरिएको छ ।
हिजो काठमाण्डौं थाय्मदु टोलमा यसरी जलपान कार्यक्रम गरिएको हो ।
नववर्ष राष्ट्रिय समारोह समिति ११४५ का अध्यक्ष तथा उक्त पार्टीका अध्यक्ष राजेन्द्र श्रेष्ठका मुख्य आथित्यतामा भएको उक्त कार्यक्रममा पार्टीका शीर्षस्थ नेता अशोक राई, खानेपानी मन्त्री प्रदीप यादव, नेवार अग्रज मल्ल के. सुन्दर, न्हूदँ राष्ट्रिय संरक्षण समाजका प्रवन्धक प्रा. डा. नरेशमान बज्राचार्य अतिथिको रुपमा सहभागी हुनुभएको छ ।
कार्यक्रममा नेपाल संबत् आन्दोलनका अग्रज तथा अभियन्ताहरुका साथमा भाषा क्षेधका ब्यक्तित्वहरुका साथमा विविध क्षेत्रका ब्यक्तिहरुको समेत सहभागिता रहेको थियो ।
