ह्वात्तै बढ्यो सुन चाँदीको मुल्य, कतिमा हुँदै छ कारेबार ?

आज सुन चाँदीको मूल्य बृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँले बढेको हो ।

आज सुन प्रतितोला १ लाख ५० हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो सुन प्रतितोला १ लाख ४९ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर १ हजार ८४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी १ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको थियो ।