राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप चार दिन हिरासतमा रहने भएका छन । कास्की जिल्ला अदालतले उनलाइ थप ४ दिन हिरासतमा राखेर अनुसन्धान गर्न आदेश दिएको हो ।
गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ पुर्व उपप्रधान तथा गृह मन्त्री लामिछाने विरुद्ध कास्की प्रहरीले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति सुदृढीकरण मुद्दामा अनुसन्धान गरिरहेको छ । उनी सो अनुसन्धानमा कास्की प्रहरीको हिरासतमा रहेको १ महिना २० दिन भइसकेको छ ।
