नेपालभाषाको म्यूजिक भिडियो “सः जिगु” सार्वजनिक

आदिबासी जनजाति सांस्कृतिक महोत्सवमा योमरी पुन्हिको अवसर पारेर नेपाल भाषाको नयाँ म्यूजिक भिडियो ‘सः जिगु’ सार्वजनिक भएको छ।
कार्यक्रममा १६ वडाको अध्यक्ष निर्मल रत्न शाक्य मुख्य अतिथिको उपस्थितीमा उक्त म्यूजिक भिडियोहरु सार्वजनिक भएको थियो।

सार्वजनिक गरिएको गीत ‘सः जिगु’ को रचना विश्वास बज्राचार्यं,संगीतसुरेन्द्र श्रेष्ठको रहेको छ भने निभा डंगोले गाएका छन् । निभा डंगोल र सुधा महर्जनको अभिनय रहेको छ भने निर्देशन विश्वास बज्राचार्यंले गरेका छन्।

गायिका निभा डंगोलको चर्चित गीत ‘सचिका चिना’ को सिक्वेलको रुपमा पनि साह जिगुको प्रचार गरिएको छ । लेखक तथा निर्देशक विश्वास बज्राचार्यले यो गीत केटीको जीवनमा आएको परिवर्तनलाई अनुभव गर्ने गीत भएको बताए थिए।

उक्त भिडियो मंगलबार यालाको कात्ति डबलीमा सार्वजनिक गरिएको थियो। नेपाली भाषाका वरिष्ठ चलचित्र पत्रकार विजयरत्न असम्बरेले गीतको समीक्षात्मक टिप्पणी गरेका थिए ।