शहीद शुक्रराज शास्त्री जोशीया योगदान विषयस हलिं नेवाः दबूया सहलह ज्याझ्वः

विश्व नेवाः संगठन हलिं नेवाः दबूयाया ग्वसालय् शहीद शुक्रराज शास्त्री जोशीया नेपालभाषाय् योगदान विषयस विशेष ज्याझ्वः जूगु दु । ज्याझ्वः ने.सं. ११४४ प्वहेलाथ्वः चतुर्दशि, बुधबारखुन्हु (माघ १० गते) जूम प्रविधिपाखें जूगु खः । हलिं नेवाः दबूया केन्द्रीय नायः भाजु संयुक्त…

ललितपुरमा जर्मन नागरिक मृत फेला

ललितपुर – ललितपुरमा जर्मन नागरिक मृत फेला परेकी छन्। ललितपुर महानगरपालिका वडा नम्बर १६ स्थित ग्रिन तारा हेरिटेज अपार्टमेन्टको तेस्रो तलामा बस्दै आएकी जर्मन नागरिक मृत फेला परेकी हुन्। उनी अन्दाजी ४४ देखि ५५ वर्षकी एडिलहेड स्चेनेको रहेको जिल्ला प्रहरी…

त्रिभुुवन विश्वविद्यालयको शैक्षिक प्रमाणपत्र आजदेखि अनलाइनबाट

काठमाण्डाै – त्रिभुवन विश्वविद्यालयले आजदेखि ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्याेग, प्रतिलिपि र करेक्सनलगायत सेवा अनलाइनबाट दिने भएको छ । अनलाइनबाट प्रक्रिया पुर्याएर आवेदन दिएका विद्यार्थीको आवश्यक कागजात अपुग भए अथवा अरु समस्या आए इमेल अथवा फोन मार्फत विद्यार्थीलाई जानकारी दिइने र…

न्यूरोडमा किनमेल गर्न जानेलाई धरहरा क्षेत्रमा निःशुल्क पार्किङ

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाले न्यूरोडमा किनमेल गर्न जानेहरुलाई धरहरा क्षेत्रमा निःशुुल्क पार्किङको व्यवस्था मिलाएको छ । एक हप्ता अघिदेखि न्युरोडमा कालोपत्र सडकमाथि गाडी पार्किङ निषेध गरेको महानगरपालिकाले विकल्पमा धरहरा क्षेत्रमा पार्किङ उपलब्ध गराएको हो । महानगरले यसअघि नै पुरानो बसपार्क…

अमेरिकामा विश्वमै पहिलो पटक नाइट्रोजन ग्यास प्रयोग गरेर मृत्युदण्ड दिइयो

अमेरिकाको एलाबामा राज्यमा हत्या आरोपमा दोषी ठहर भएका एक व्यक्तिलाई नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएको छ । ५८ वर्षीय केनेथ युजिन स्मिथलाई सन् १९८९ मा एलिजाबेथ सेनेटको हत्यामा दोषी ठहर गरिएको थियो। विश्वमै नाइट्रोजन ग्यास सुँघाएर मृत्युदण्ड दिइएकाे यो पहिलो घटना…

आँखा उपचारमा नेपालको ऐतिहासिक सफलता, २९ हप्तामा जन्मेको शिशुको आँखाको सफल शल्यक्रिया

काठमाण्डाै – नेपाल आँखा अस्पताल त्रिपुरेश्वरमा ‘लेन्स स्पेयरिङ भिट्रेक्टोमी’ एलएसभी पद्धतिबाट जटिल प्रकारको आँखाको सफल शल्यक्रिया गरिएको छ । अस्पतालमा २९ हप्तामा जन्मिएको नवजात शिशुको बायाँ आँखाको ‘एलएसभी’ शल्यक्रियामार्फत उपचार गरिएको हो । आँखा अस्पताल त्रिपुरेश्वरमा यसप्रकारको शल्यक्रिया पहिलोपटक गरिएको हो ।…

गुड्दागुड्दैको बस बानेश्वरमा भासियो

काठमाडौँ – नयाँ बानेश्वर सडक खण्डमा गुड्दा गुड्दैको बस सडकमा भासिएको छ । कोटेश्वरबाट रत्नपार्क जाँदै गरेको बा ३ ख ३७६२ नम्बरको बस सडकमा भासिएको ट्राफिक प्रहरीले जनाएको छ । सर्भिस लेनतर्फको सडक भासिएपछि टायर सडकमै भासिएको थियो । इन्द्रेणी फुडल्याण्ड…

उपत्यकामा सवारी दुर्घटना : ६ महिनामा ८८ को मृत्यु

काठमाडौँ – गत पुस २८ गते काठमाडौँको चन्द्रागिरि नगरपालिका–४ पानीघाट नजिक हिमचुली सेतो पहरानजिक कार दुर्घटना हुँदा एकै परिवारका पाँच जनाले ज्यान गुमाए। प्रदेश ३–०१–२३ च ६९८५ नम्बरको कार दुर्घटना हुँदा काठमाडौँको लाजिम्पाट बस्ने वरिष्ठ चिकित्सक महेशकुमार गौतम, उनका ससुरा…

राष्ट्रिय सभाकाे १९ सिटका लागि भएको चुनावमा सत्ता गठबन्धनका १८ जना उम्मेदवार विजयी

काठमाण्डाै – राष्ट्रिय सभाका १९ जना सदस्य चयनका लागि भएको चुनावको मतपरिणाम सार्वजनिक भएको छ । १९ सिटका लागि भएको चुनावमा कोशीमा एक जनाबाहेक सबैतिर अर्थात् १८ जना सत्ता गठबन्धनकै उम्मेदवार विजयी भएका छन् । कोशीमा सत्ता गठबन्धनबाट माओवादीकी चम्पा कार्कीलाई हराउँदै एमालेकी…

स्वस्थानी व्रतकथा आजदेखि

काठमाण्डाै – आज पुस शुक्ल पूर्णिमा । आजदेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा देशका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । शक्तिपीठहरुमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा पूजा आराधना गर्ने गरिन्छ । आजदेखि वैदिक सनातन धर्मावलम्बीले…