काठमाडौं, १ फागुन । काठमाडौंको नागढुङ्गाबाट सुनसहित दुई भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र २४ वर्षीय राहुल खडु सरकला रहेका छन् ।
उनीहरूलाई काँकडभिट्टाबाट आउँदै गरेको बा. प्र ०१-००२ ख ०५४२ नम्बरको बसमा सवार रहेको अवस्थामा ३१८ ग्राम सुनसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिनुभयाे ।
