यतखा बहालको मूलढोका उद्घाटन

भाष्कर कीर्ति महाविहार यतखा बहाल प्रवेश गर्ने मूलढोकाको उद्घाटन हिजो ने.सं. ११४५ चिल्लाथ्वः चतुर्दशी, बिहीबार (२०८१ फागुन २९ गते) होली पूर्णिमाको दिन विहान काठमाण्डौं महानगरपालिका १९ वडाका वडा अध्यक्ष राजेश कुमार श्रेष्ठले गर्नुभएको छ । महाविहारका वयोवृद्ध थाकुलि नीलकाजी ताम्राकारले पूजाआजा गर्नुभएको अनावरण कार्यक्रममा कार्यक्रमका मुख्य अतिथि श्री राजेश कुमार श्रेष्ठले सुकुन्दामा दीप प्रज्वलन पनि गर्नुभएको छ भने वहाँले मूलढोकाकाे गजूरमा रहेको कपडा उघारी अनावरण गर्नुभएको हो ।

यस कार्यक्रममा महाविहारका नीलकाजी ताम्राकारले मुख्य अतिथि राजेश कुमार श्रेष्ठ, का.म.पा. २० वडा अध्यक्ष राजेन्द्र मानन्धर तथा १९ वडाका जनप्रतिनिधिहरुलाई फूल माला अर्पण गरी सम्मान गर्ने कार्य पनि गरिएको छ । यस कार्यक्रममा वडाका जनप्रतिनिधिहरु चन्द्रमान डंगोल, दिनेश मान जोशी लगायत महाविहारका उल्लेख्य सदस्यहरुको पनि उपस्थिति रहेको थियो ।

नेपालको कलाकृतिलाई मध्यनजर राखी पित्तलको पाताबाट तयार गरिएको यस ढोकाले नेपालको ऐतिहासिक वास्तुकलाको पनि प्रतिधिनित्व गरिएको देखिन्छ । यति भव्य बहालमा भौतिक रुपमा एउटा ढोका नभएको अवस्थालाई ध्यानमा राखी एउटा आकर्षक ढोकाको निर्माण गर्ने कार्य गरिएको हो । यतखा बहाल सुधार समितिको सक्रियतामा यस भव्य ढोका निर्माण गरी राखिने कार्य भएको छ ।