काठमाडौं महानगरपालिका वडा २७ ले विश्व कविता दिवसको अवसरमा ९मार्च २१० का अवसरमा विशेष कवि गोष्ठीको आयोजना गरिएको छ । उक्त कार्यक्रम निर्देशक ,लेखक र निर्माता प्रकाश सायमीले संचालन गरेका थिए । काठमाडौँको रानीपोखरी परिसरमा भएको उक्त कार्यक्रममा करिब ४ण् जना स्वछन्द कविहरूले कविता वाचन गरेका थिए ।
वडाका सदस्य श्रीस्ती तुलाधरले सबै स्वागत गर्दै गोष्ठी सुरु भयको थियो। यस दिवसको शुरुवात सन् १९९९ मा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठनले गरेको हो।
काठमाडौं महानगरपालिका वडा अध्यक्ष योगेशकुमार खड्गीले विश्वका कविहरूका लागि आजको दिन हर्ष र उल्लासको दिन भएको उल्लेख गर्दै उनले कविता सिर्जना गर्ने, पठन गर्ने, रसास्वादन गर्ने, प्रकाशन गर्ने, अभियानकै दृष्टिले सञ्चार र प्रचारप्रसार गर्ने दिनका रूपमा विश्व कविता दिवस र नेपालमा सन् २००२ देखि यो दिवस मनाउन थालिएको यो दिवसले स्रष्टाका अभिव्यक्ति प्रस्फुटनमा सहयोग गरिरहेको खड्गीले बताए ।
यस अवसरमा विश्वभर र नेपालमा पनि कविता वाचन, काव्य गोष्ठी, रचनात्मक कार्यशाला र विविध सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिँदै शान्ति र समावेशिताको सन्देश प्रवाह गरिन्छ।
