काठमाडौं महानगरपालिकाका वडाध्यक्षहरुले कार्यपालिका बैठकको माग गर्दै मेयर बालेन्द्र शाह (बालेन)लाई ज्ञापनपत्र बुझाएका छन् । आज दिउँसो महानगर प्रवक्तासमेत रहेका १७ नम्बरका अध्यक्ष नवीन मानन्धरलगायत १८ वडाध्यक्षले ज्ञापनपत्र बुझाएका हुन् ।
गत केहि महिना देखि महानगरका कर्मचारीले तलब समेत भुक्तानी हुन नसकेको हुदा यो ज्ञापनपत्र बुझाउनु पर्ने अवस्था आएको २७ वडाका वडाध्यक्ष योगेशकुमार खड्गीले जानकारी दिए।
प्रमुख प्रशासकीय अधिकृतको रिक्तताले उत्पन्न समस्याका विषयमा छलफल गर्न कार्यपालिकाको बैठक चाडै डाक्नु पर्ने उनीहरुको माग छ । भने अर्को काठमाण्डो महानगर पालिकाको प्रमुख प्रवासकिय सरोज गुरागाईलाई गरीएको कारबाही प्रक्रियाको लिखित रुपमा जानकारी कार्यपालिका लाई हुनु पर्ने माग छ।
ज्ञापनपत्रमा ५ जना कार्यपालिका सदस्यले समेत हस्ताक्षर गरेका छन् । मेयर शाहलाई ज्ञापनपत्र बुझाउनुअघि गत शुक्रबार १२ नम्बरका वडाध्यक्ष बालकृष्ण महर्जनकाे अध्यक्षतामा १६ वडाध्यक्षबीच बैठक भएकाे थियाे ।
प्रवक्ता समेत रहेका वडाध्यक्ष नविन मानन्धरले सबैको तर्फबाट पत्र मेयर बालेनलाई बुझाएका छन्।
