विश्वकपमा छनोट हुने पहिलो राष्ट्र अर्जेन्टिना

अर्जेन्टिना दक्षिण अमेरिकाबाट विश्वकपमा छनोट हुने पहिलो देश बनेको छ। साविक च्याम्पियन अर्जेन्टिना ब्राजिल विरुद्धको खेल अघिनै विश्वकपमा छनोट भएको थियो। तर उसले आफ्नो छनोट यात्रामा रवाफिलो जित कायम राख्यो। बुधबार बिहान भएको खेलमा ब्राजिल माथि ४-१ को प्रभावसालि जित निकाल्न टोली सफल भयो।

खेलमा सुरुवातबाटै उत्कृष्ट लयमा देखिएको अर्जेन्टिनाले खेलको चौंथो मिनेटमा जुलियन अल्भारेजको गोलमार्फत अग्रता लिएको थियो। उसले १२ मिनेटमै अग्रता दोब्बर बनायो। इन्जो फर्नान्डेसले टिमको अग्रता दोब्बर बनाए। त्यसपछि पनि अर्जेन्टिनाले लगातार ब्राजिलमाथि दबाब बनाएको थियो।

तर अर्जेन्टिनी खेलाडी क्रिस्टिनो रोमेरोले गरेको सहज गल्तीको फाइदा उठाउँदै ब्राजिलले खेलमा गोल फर्काउन सफल भयो। ब्राजिलका लागि कुन्हाले २६ औं मिनेटमा रोमेरोको नियन्त्रणमा रहेको बल खोस्दै गरेको प्रहार गोलमा परिणत भएको थियो।

तर पहिलो हाफमै ब्राजिल फराकिलो अन्तरले पछि पर्ने क्रममा ३७ औं मिनेटमा तेस्रो गोल खान पुग्यो। अर्जेन्टिनाका लागि म्याक एलिस्टरले तेस्रो गोल गर्न पुगेका थिए। पहिलो हाफमा ३-१ को अग्रता बनाएको अर्जेन्टिना दोस्रो हाफमा पनि आफ्नो सानदार लयमा कायम रह्यो।

दोस्रो हाफमा पनि अर्जेन्टिनाले आफ्नो उत्कृष्ट प्रदर्शन कायम राख्यो। उसले ७१ औं मिनेटमा टिमका लागि सब्सटिच्युट खेलाडीक रुपमा मैदान छिरेका सिमोनले टिमका लागि चौंथो गोल गरे। त्यसपछि पनि लगातार अवसर बनाएपनि अर्जेन्टिनाले थप गोल गर्न सकेन्। ब्राजिलले भने सिमित मात्र मौका बनाएको थियो।