नेवा राष्ट्रिय मुक्ति मोर्चाको अध्यक्षमा उमेश स्थापित चयन

नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो सम्मेलनले उमेश स्थापितलाई नयाँ अध्यक्ष चयन गरिएको छ । अस्ति काठमाण्डौं बसन्तपुरमा भएको मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनको उद्घाटन पछि हिजो काठमाण्डौंको कालिमाटी ब्यांक्वेटमा भएको बन्द सत्रले स्थापितको अध्यक्षतामा १३७ सदस्यीय मूल समिति निर्वाचित गरिएको हो ।

‘नेवाः राष्ट्रिय मुक्ति मोर्चाको तेस्रो राष्ट्रिय सम्मेलनबाट नवनिर्वाचित अध्यक्ष क. उमेश स्थापितका साथै सम्पूर्ण केन्द्रीय सदस्यहरुलाई शुभकामनाका साथमा नवनिर्वाचित अध्यक्षका साथै अन्य सदस्यहरुको निर्वाचित भएको’ भनी नेपाल कम्युनिष्ट पार्टी (माओबादी केन्द्र) बागमती प्रदेश इन्चार्ज हितमान शाक्यले आफ्नो सामाजिक सञ्जाल मार्फत जानकारी गराउनु भएको छ ।

नवनिर्वाचित अध्यक्ष स्थापित नेपालभाषा र नेवार आन्दोलका एक सक्रिय ब्यक्तित्व हुनुहुन्छ । यस अघि स्थापित नेवाः राष्ट्रिय मुक्ति मोर्चामा सचिव भई कार्यभार सम्भाल्नु भएको छ भने उक्त कार्यकालमा दिलिप महर्जन अध्यक्ष हुनुहुन्थ्यो ।

नेवाः राष्ट्रिय मुक्ति मोर्चाले आफ्नो संगठन उपत्यकाका मूलवासी नेवाः जातिले भोग्नु परिराखेको ऐतिहासिक अन्याय, राज्यपक्षीय विभेद, सांस्कृतिक दमन र भूमि विस्थापनविरुद्ध निरन्तर संघर्ष गर्दै आइरहेको संगठन भएको र गोरखा अधिपत्यकालदेखि आजका दिनसम्म गर्दै आइरहेको राजनीतिक, प्रशासनिक, सांस्कृतिकका साथै भौगोलिक उत्पीडनको अन्त्य गर्न स्वशासन र जातीय स्वायत्तताको सैद्धान्तिक मान्यता अनुसार संघर्षका कार्यक्रम गर्दै आइरहेको छ ।

मोर्चाले आम उत्पीडित समुदायलाई एकताबद्ध संघर्षमा उत्रन आव्हान गरेको छ ।