श्री दिगुख्यः गुथिको नयाँ कार्य समितिमा एलेन बैरोचन तुलाधर निर्वाचित

गत ने.सं. ११४५ चौलागाः त्रयोदशी, शनिबार (२०८२ बैशाख १३ गते) नयाँ बजार मल्टी भेन्यूमा भएको श्री दिगुख्यः गुथिको ३८ औं वार्षिक सभाको अवसरमा नयाँ कार्य समितिको निर्वाचन भई यस निर्वाचनले नयाँ कार्य समिति गठन गरिएको छ ।

श्री दिगुख्यः गुथिको नयाँ कार्य समितिमा अध्यक्ष एलेन बैरोचन तुलाधर, उपाध्यक्ष न्हुच्छेशोभा तुलाधर, सचिव विद्या रत्न तुलाधर, उप सचिव दिपेन्द्र रत्न तुलाधर, कोषाध्यक्ष शशी रत्न तुलाधर, उप कोषाध्यक्ष दिपक रत्न तुलाधर तथा सदस्यहरुमा प्रविणा तुलाधर, रोहिणी तुलाधर, डा. सम्पूर्ण मान तुलाधर, विकास रत्न तुलाधर र रबिन्द्र तुलाधर निर्वाचित भएका छन् । यस मध्ये अध्यक्ष, सचिव र उप कोषाध्यक्ष निर्विरोध निर्वाचित भएका हुन् ।

यस कार्य समितिमा निर्वाचित हुनुभएका महानुभावहरुलाई निर्वाचन समितिका संयोजक प्रा. निर्मल मान तुलाधरले मञ्चमा सबैलाई खादा ओढाउनु भई शुभकामना समेत दिनुभएको छ ।यस निर्वाचन समितिमा संयोजक प्रो. निर्मल मान तुलाधर तथा सदस्यहरु भाइकाजी तुलाधर, प्रवीण मान तुलाधर रहनु भएको छ ।

नयाँ कार्य समितिका अध्यक्ष एलेन बैरोचन तुलाधरले नयाँ कार्य समितिले श्री दिगुख्यः गुथिलाई सबल बनाउन र युग अनुसारको काममा अघि बढ्न गर्दै जानु पर्ने विषयमा योजना पनि प्रस्तुत गर्नुभएको छ ।