नेवा: देय दाबुको अध्यक्ष पदमा चार जना उम्मेदवार घोषणा

नेवा: देय दाबुको तेस्रो अधिवेशन जेष्ठ २ देखि ४ सम्म कावासोटीमा हुने भएको छ । तेस्रो अधिवेशनमा दाबुको नयाँ नेतृत्वको लागि चार जना उम्मेदवारहरूले आफ्नो उम्मेदवारी घोषणा गरिसकेका छन्।

जस अनुसार वर्तमान अध्यक्ष पवित्रा बज्राचार्य, वरिष्ठ उपाध्यक्ष चन्द्रराज राजभण्डारी, महिला उपाध्यक्ष रश्मिला प्रजापति र महासचिव सत्यनारायण डंगोलहरुले सार्वजनिक कार्यक्रम गरि आफ्नो उम्मेदवारी घोषणा गरेका छन्।

चारै जना उम्मेदवारहरू देय दाबुको वर्तमान कार्यसमितिका पदाधिकारी हुन्। यति बेला चारै जना उम्मेदवारहरू आफ्नो प्रचारप्रसारमा व्यस्त छन् भने देय दाबुको सदस्यहरूलाई भेटेर आफ्नो एजेन्डा प्रस्तुत गरिरहेका छन्।