काठमाडौंको सतुंगलमा आगलागी भएको छ। आज बिहान ५:२५ बजे काठमाडौंको चन्द्रागिरि नगरपालिका-११ सतुंगल चोकस्थित एउटा व्यवसायिक टहरामा आगलागी भएको काठमाडौंको प्रहरी परिसरले जनाएको छ।
नाम राजकुमार सिंहको घरमा भएको २८ वटा सटर हरु क्षति भएको छ। जसमा फेल्सी पसल, कुही पसल, किराण पसल, कस्मेटीक पसल हरु क्षति भएको छ।
परिसरका प्रवक्ता एसपी अपिलराज बोहराका अनुसार त्यहाँ रहेको कपडा पसलमा विद्युत सर्ट भइ आगलागी भएको हो। ७:२५ मा आगो लागि नियन्त्रणमा जानकारी श्री एक नम्बर विपद व्यवस्थापन गणबाट जम बल कृष्ण पाण्डेले दिनु भयो ।
आगो निभाउन नेपाल प्रहरीका ३० जनार र सशस्त्र प्रहरीबाट ४० जना गरी ७० जना सुरक्षाकर्मी परिचालन भएका छन् । आगो निभाउन ७ वटा दमकल १८ वटा पानी ट्याङकर प्रयोगमा आएको छ।
