कविकेशरी चित्तधर हृदयको ११९ औं जन्मदिवसमा चित्तधर संग्रहालय खुल्यो

कविकेशरी चित्तधर हृदयको ११९ औं जन्मदिवस हिजो शुक्रबार मनाइएको छ । नेपालभाषा परिषदले ११९ औं जन्मदिवसको अवसरमा एक कार्यक्रमको आयोजना गरी चित्तधर संग्रहालयको समेत उदघाटन गरिएको थियो।

चित्तधर हृदयको भवनमा नेपालभाषा परिषदको कार्यालयले यस संग्रहालयको खोलिएको हो भने उक्त संग्रहालयको उद्घाटन वडा नं १८ का वडाध्यक्ष न्हुच्छेकजी महर्जनले गर्नुुभएको थियो।

हिजो उद्घाटन गरिएको संग्रहालय सर्वसाधारणको निमित्त समेत खुल्ला गरिएको छ । साथै उक्त कार्यक्रममा ‘मोतिलक्ष्मी उपासिका– व्यक्तित्व र कृतित्व’ पुस्तकको विमोचन समेत गरिएको थियो।