रबिको जेल यात्रा निरन्तर हुने, थुनामुक्त गर्न सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ – सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ। न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

न्यायाधीशहरू डा. नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासले लामिछानेलाई थुनामुक्त गर्नुपर्ने माग राखी उनकी पत्नी निकिता पौडेलले पेश गरेको बन्दीप्रत्यक्षीकरणको निवेदन खारेज गरेको हो ।

आफूलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै उच्च अदालतको आदेशविरुद्ध लामिछानेले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन दर्ता गरेका थिए । त्यसका साथै उनले उच्च अदालतको आदेश बदर हुनुपर्ने माग राखेर अर्को निवेदन पनि दर्ता गराएका थिए ।

लामिछानेका तर्फबाट दर्ता भएको बन्दीप्रत्यक्षीकरणको निवेदन र उच्च अदालत तुलसीपुर इजलासको आदेशविरुद्ध दर्ता गरेको ७३ नम्बर निवेदनको न्यायाधीश नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा दिउँसो २ बजे नै सुनुवाइ सकिए पनि भर्खरै आदेश सार्वजनिक भएको हो।