नेपाल भाषामा बनेको गीत ‘सुथसिया निभाः जुयाः’ को कभर प्रतियोगीता हुदै। नेपाल भाषाको संगीत क्षेत्रलाई बलियो गर्ने उद्देश्यले प्रतियोगीताको आयोजना हुन लागेको जानकारी कार्यक्रमका संयोजक बिराजकाजी राजोपाध्याय दिए।
नयाँ गायन प्रतिभाको खोजी गर्दै जाने र यसमा नेवार, गैर नेवार मात्र होइन, गैर नेपालीले पनि भाग लिन मिल्ने जानकारी संयोजक राजोपाध्यायले दिए । यस गीत गायक श्रेष्ठले आफ्नो गीतको कभर प्रतियोगीता हुन लागेको हुदा धेरै खुसी लागेको र आयोजक संस्थालाई म धन्यवाद दिन चाहन्छु र सबैलाई प्रतियोगीतामा सहभागी भइदिनु हुन श्रेष्ठले अनुरोद गरे।
साथै आफुले गाएको भिडियो आयोजकलाई ईमेलबाट पठाउन आयोजक संस्थाले आग्रह गरेको छ ।
आउँदो असार ८ गतेसम्म प्राप्त भिडियोलाई प्रतियोगीतामा समावेश गरिने र प्राप्त भिडियोबाट प्रतिभावान चार गायक छानी गीत रेकर्डिङ, म्यूजिक भिडियो सूट, फोटो सूट, गिफ्ट ह्याम्पर लगायतका पुरस्कार दिइने आयोजक संस्थाले जनाएको छ ।
उक्त प्रतियोगीताको घोषणा आयोजक संस्था कन्फराक्टीभ मिडिया सोलुसन प्रा.लि.ले आज (शनिवार) एक पत्रकार सम्मेलन बिच गरेको थियो।
