नेकपा एकीकृत समाजवादी पार्टी कार्यालय बाहिर आफ्नो फोटो खिचेको भन्दै वरिष्ठ अधिवक्ता शम्भु थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् ।
नेपाल प्रेसका फोटो पत्रकार उमेश कार्कीको क्यामेरामाथि फोटो खिच्दै गरेको अबस्थामा आक्रमण गरेका थिए । थापा समाजवादी पार्टी कार्यालयबाट बाहिर निस्किरहेका बेला यस्तो घटना घटेको थियो।
के प्रयोजनका लागि फोटो खिचेको भनेर सोधेको लगत्तै उनले कार्कीको क्यामेरामा आक्रमण गरेका थिए । पतञ्जली जग्गा प्रकरणमा भ्रष्टाचारको मुद्दा दायर भएपछि नेकपा एकीकृत समाजवादीले कानुनविदहरूसँग राय लिएको थियो । थापा र बन्दीसहितका कानुनविदहरू कानुनी परामर्श दिन नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेका थिए ।
कार्की नेपाल प्रेसका फोटो पत्रकार हुन्।
