काठमाडौं । वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाल प्रेसकर्मी उमेश कार्कीमाथि गरेको दुर्व्यवहारको प्रेस चौतारी नेपालले आपत्ति जनाएको छ ।
महासचिव हिरामान लामाले विज्ञप्ति जारी गर्दै ‘श्रमजीवी पत्रकारमाथिको यो दुर्व्यवहार प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप’ भनेका छन् ।
पत्रकारलाई निर्वाध समाचार संकलनको वातावरण बनाउन र भौतिक सुरक्षाको प्रत्याभूतिका लागि चौतारीले सरोकारवालाको ध्यानाकर्षण गराएको छ ।
