प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित

काठमाडौँ – प्रतिनिधि सभा बैठक आइतबारसम्मका लागि स्थगित भएको छ। आज दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो।

बैठक चलाउन सहमति नजुटेपछि सूचना टाँस गरेर आइतबार दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको हो।

विपक्षी दलहरूले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै संसद् अवरुद्ध गर्दै आएका छन्।