तीनकुने घटना: प्रसाईंसहितलाई ल्याइयो जिल्ला अदालत, थुनछेक बहस जारी

काठमाडौँ- तीनकुने घटनाका थुनुवाहरूलाई मंगलबार काठमाडौँ जिल्ला अदालत ल्याइएको छ। उनीहरूलाई जिल्ला अदालतमा ल्याएर आज पनि थुनछेक बहस जारी छ।

गत चैत्र १५ गते काठमाडौँको तीनकुनेमा राजावादीको प्रदर्शन भएको थियो। उक्त प्रदर्शनमा मानवीय तथा भौतिक क्षति भएको थियो।

सोही प्रकरणमा पक्राउ परेका मेडिकल व्यावसायी दुर्गा प्रसाईंलगायतलाई आज अदालतमा उपस्थित गराइएको हो ।