असार ५ गते जयबागेश्वरीमा ट्याक्सीको ठक्करबाट गम्भीर घाइते भएका वैद्यको असार ७ गते साँझ काठमाडौँ मेडिकल कलेज, सिनामंगलमा उपचारको क्रममा निधन भएको हो ।
वैद्यको निधनप्रति वडा कार्यालयले गहिरो शोक प्रकट गर्दै आज वडाभर शोक विदा दिएको छ। उहाँको योगदानको सम्मानस्वरूप श्रद्धाञ्जलीका लागि उहाँको पार्थिव शरीर वडा कार्यालयमा राखिएको थियो। श्रद्धाञ्जली कार्यक्रममा वडा अध्यक्ष आशामान संगत, अन्य जनप्रतिनिधिहरू, नगर प्रहरी, वडा कर्मचारी, विभिन्न राजनीतिक दलका नेताहरु तथा स्थानीयवासीको बाक्लो उपस्थिति रहेको थियो।
पूर्व वडाध्यक्ष सुवर्ण वैद्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि सम्पन्न गरिएको छ।
