नेपाल भाषाको गीत ‘कागति पउँसे च्वङ’ सार्वजनिक

गायक राजकुमार मानन्धर र गायिका निशा देशारको स्वर रहेको नेपाल भाषाको गीत ‘कागति पउँसे च्वङ’ सार्वजनिक भएको छ । सार्वजनिक गरिएको गीतको म्यूजिक भिडियोको निर्देशन अनिश सिंहले गरेका थिए।

उक्त गितको रचना तथा संगीत भने राजकुमार मानन्धर रहेको छ। म्यूजिक भिडियोमा विवेक थापा ,बिना रौत , सुदिप प्रजापति र निकिता शाहको बेजोड अभिनय गरेका छन् ।

वन टेक प्रोडकशन हाउसले यो गीत बजारमा ल्याएको हो। गीतको भिडियो ‘राजकुमार मानन्धर’ युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक गरिएको हो ।