राजेन्द्र सुवाल र विपना शाक्यको गीत ‘तिम्रो यादमा’ लोकार्पन

बि.आर. प्रोडक्सनको प्रस्तुतिका रुपमा खस नेपाली भाषाको एउटा नयाँ गीतको म्यूजिक भिडियो ‘तिम्रो यादमा’को लोकार्पन सोमबारका दिन भएको छ ।

प्रसिद्ध वरिष्ठ गायक जुजुकाजी रञ्जित मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको उक्त लोकार्पण कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, अग्रज सिने पत्रकार विजय रत्न असंबरे, वरिष्ठ संगीतकार बुद्ध साय्‌मि, उक्त गीतका रचनाकार पवन कुमार बुढाथोकी लगायतले उक्त म्यूजिक भिडियो बारे आआफ्ना मन्तब्य राख्नुभएको छ ।

तेस्रो नेशनल स्टार म्यूजिक अवार्ड 2025 मा नव प्रतिभा पुरस्कार विजेता गायक राजेन्द्र सुवाल र विपना शाक्यको स्वरमा गुञ्जिएको यस गीत पवन कुमार बुढाथोकीको रचना, बुद्ध साय्‌मिको संगीतमा तयार भएको हो । यस म्यूजिक भिडियोको निर्देशन सुरेन्द्र मानन्धर र शिवानी बज्राचार्यले संयुक्त रुपमा गर्नुभएको र सम्पादन इन्द्र मानन्धरले गर्नुभएको हो । यस गीतमा किरण जोशी र भिन्तुना जोशीको अभिनय रहेको छ ।

कार्यक्रममा गायक राजेन्द्र सुवालका पिता तथा दबली नाटक क्षेत्रका पुराना कलाकार पन्चरत्न महर्जन सुवालको विशेष उपस्थिति रहेको थियो । यस म्यूजिक भिडियो नेपाल यूट्यूब च्यानलमा अपलोड भएको छ ।