हास्य टेलिशृंखला ‘मेरी बास्सै’ मा ‘अप्सरा आमा’ पात्रको भूमिका गरेर चर्चामा आएकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ ।
केही महिनादेखि घरमै थलिएकी उनको शुक्रबार राती निधन भएको उनीसँग ‘उल्टो सुल्टो’ लगायतका सिरियलमा काम गरेकी सुशीला निरौला (विमली) ले जानकारी दिइन।
स्तन क्यान्सर लगायतका रोगबाट पीडित लक्ष्मी केही सातादेखि ओछ्यानमै थलिएकी थिइन्। दसैँदेखि अस्वस्थ भएकी उनलाई चार महिनाअघि भक्तपुर क्यान्सर अस्पताल भर्ना गरिएको थियो।
बिरामी परेपछि लक्ष्मीले आफूसँग सहकार्य गरेका कलाकारहरू भेट्ने चाहना गरेकी थिइन्। त्यसपछि सुशीला निरौला (विमली), राजाराम पौडेल, सीताराम कट्टेल (धुर्मुस), कुञ्जना घिमिरे (सुन्तली), सुरवीर पण्डित, रवी डंगोल लगायतका कलाकारहरू लक्ष्मीलाई भेट्न घरमै पुगेका थिए।
लक्ष्मीको शनिबार बिहान

लक्ष्मीको शनिबार बिहान पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पारिवारिक स्रोतले जनाएको छ।
गरिने पारिवारिक स्रोतले जनाएको छ।