पूर्वराजा ज्ञानेन्द्र ७९ औँ वर्षमा, जन्मदिनको शुभकामना दिन निर्मल निवासमा बिहानैदेखि भिड

पूर्वराजा ज्ञानेन्द्र शाह ७९ औँ वर्षमा प्रवेश गरेका छन् । आज निर्मल निवासमा उनको जन्मदिन धूमधामले मनाउने राजावादीहरूको तयारी छ । शाहको जन्म २००४ साल असार २३ मा नारायणहिटी दरबारमा राजा महेन्द्र र रानी रत्नको माइलो छोरा रूपमा भएको थियो । राजगद्दीका उत्तराधिकारी नभए पनि उनी आफ्नो जीवनकालमा दुई पटक राजा भए ।

पहिलो पटक बाल्यकालमा विसं २००७ सालमा राजा बनेका थिए, जतिबेला उनको उमेर साढे तीन वर्ष मात्र थियो । हजुरबुबा राजा त्रिभुवन छोरा महेन्द्र र अन्य शाही परिवारका सदस्यहरूलाई लिएर भारतमा शरण लिन गएपछि तत्कालीन प्रधानमन्त्री मोहन शमशेरले ज्ञानेन्द्रलाई गद्दीमा बसालिदिएका थिए ।