ताप्लेजुङमा पहिरोले घर पुरिँदा ४ जना घाइते

ताप्लेजुङ – सिदिङ्वा गाउँपालिका–३ मा गएराति पहिरोले घर पुरिँदा चार जना घाइते भएका छन् । स्थानीय हस्तबहादुर कटुवालको घर पहिरोले पुरिँदा उहाँसहित उहाँकी श्रीमती ठगमाया, छोरा जगत् र छोरी सम्झना घाइते हुनुभएको स्थानीय मौसम सेलिङले जानकारी दिनुभयो । घरमाथिको कुलो…

खुकुरी प्रहार गरी श्रीमतीको हत्या

रुकुमपश्चिम- चौरजहारी नगरपालिका- ३ टाटागाउँका ३२ वर्षीय चन्द्रबहादुर बुढाथोकीले आफ्नी ३० वर्षीया श्रीमती देविकाको हत्या गरेका छन् । गएराति निजले खुकुरी प्रहार गरेर देविको हत्या गरेका हुन् । जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका प्रहरी निरीक्षक ऋषि पाठकका अनुसार घटनास्थलबाट खुकुरीसहित चन्द्रबहादुरलाई…

कञ्चनपुरमा जीपले ठक्कर दिँदा स्कुटर चालकको मृत्यु

कैलाली । कञ्चनपुरको बेदकोट नगरपालिका-३ दैजीस्थित पूर्व–पश्चिम राजमार्गमा मंगलबार राति बोलेरो जीपले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०४-००१ च ००१३ नम्बरको बोलेरो जीपले विपरीत दिशाबाट आइरहेको इलेक्ट्रोनिक स्कुटरलाई ठक्कर दिँदा दुर्घटना…

एएफसी महिला एसियन कप छनोट : नेपाल आज श्रीलंकासँग खेल्दै

काठमाडौं । एएफसी महिला एसियन कप छनोट अन्तर्गत नेपालले आज श्रीलंकासँग खेल्दै छ । उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा जारी खेल आज नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ । नेपालले आफ्नो पहिलो खेलमा लाओसमाथि ९-० को फराकिलो जित…

लेखक तथा वातावरणविद् प्रा० डा० मुरली गोपाल रञ्जितकारको निधन

काठमाडौं – सडक मजदूर हुँदै इञ्जिनीयर र क्यान्सरसँगको लडाइँ लगायतका पुस्तकका लेखक  वातावरणविद्  प्रा० डा० इञ्जिनीयर मुरली गोपाल रञ्जितकारको निधन भएको छ । उहाँको ७० वर्षको उमेरमा हिजो साझँ धुलिखेलस्थित आफ्नै  घरमा निधन भएको हो। लामो समयदेखि क्यान्सर रोगबाट पिडित…

नेप्सेमा २८.९१ अंकको वृद्धि

काठमाडौँ – नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २८ दशमलव ९१ अङ्कले बढेको छ। एक दशमलव ०९ प्रतिशतको वृद्धिपछि नेप्से परिसूचक दुई हजार ६६० दशमलव ३९ अङ्कमा कायम भएको हो। आज ३०९ कम्पनीको एक करोड ५७ लाख ६४ हजार एक कित्ता…

अमेरिका पठाइदिने भन्दै साढे ७५ लाख रुपैयाँ ठगी गर्ने व्यक्ति पक्राउ

काठमाण्डाै – आकर्षक तलबको प्रलोभनमा परी वैदेशिक रोजगारीमा अमेरिका पठाइदिने भन्दै ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तनहुँको व्यास नगरपालिका–१२ घर भई काठमाण्डौको चन्द्रागिरि नगरपालिका–७ बस्ने ३० वर्षीय रञ्जन पाण्डे रहेका छन् । रञ्जनले अमेरिका पठाइदिने…

च्वबहाः गल्छी फराकिलो बनाउने कुरा त छोडौं, त्यहाँको एउटा ढुंगा पनि छुन दिइने छैन – मेयर कृष्णमान डंगोल

आज ने.सं. ११४५ दिल्लाथ्वः षष्ठी, मंगलबार (असार १७ गते) कीर्तिपुर नगरपालिका वडा नं. ६ क्वय्‌ना (जलविनायक)मा च्वबहाः गल्छीलाई लिएर सार्वजनिक सुनुवाई भएको छ । कीर्तिपुर नगरपालिका ६ वडा कार्यालयको आयोजनामा भएको उक्त सार्वजनिक सुनुवाई कार्यक्रममा बागमती सभ्यता विकास परियोजनाका एक…

एसीसी यू-१६ इस्ट जोन- भुटानलाई २९८ रनले हराउँदै नेपाल सेमिफाइनलमा, विपिनले लिए ४ विकेट

काठमाडौं । मलेसियामा जारी यू-१६ इस्ट जोन प्रतियोगितामा नेपालले लगातार चौथो जित हात पारेको छ । आज भएको म्याचमा नेपालले कमजोर प्रतिद्वन्द्वी भुटानलाई २९८ रनको विशाल अन्तरले हरायो । नेपालले दिएको ३५९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ३२.४ ओभरमा ६०…

राजेन्द्र सुवाल र विपना शाक्यको गीत ‘तिम्रो यादमा’ लोकार्पन

बि.आर. प्रोडक्सनको प्रस्तुतिका रुपमा खस नेपाली भाषाको एउटा नयाँ गीतको म्यूजिक भिडियो ‘तिम्रो यादमा’को लोकार्पन सोमबारका दिन भएको छ । प्रसिद्ध वरिष्ठ गायक जुजुकाजी रञ्जित मुख्य अतिथिको रुपमा सहभागी हुनुभएको उक्त लोकार्पण कार्यक्रममा नेवाः देय् दबूका अध्यक्ष पवित्र बज्राचार्य, अग्रज…