काठमाडौं – सडक मजदूर हुँदै इञ्जिनीयर र क्यान्सरसँगको लडाइँ लगायतका पुस्तकका लेखक वातावरणविद् प्रा० डा० इञ्जिनीयर मुरली गोपाल रञ्जितकारको निधन भएको छ । उहाँको ७० वर्षको उमेरमा हिजो साझँ धुलिखेलस्थित आफ्नै घरमा निधन भएको हो।
लामो समयदेखि क्यान्सर रोगबाट पिडित उहाँले आफ्नै अनुभव संगालेर “क्यान्सरसँगको लडाइँ” पुस्तक लेख्नु भएको थियो भने अर्को पुस्तक “सडक मजदूर हुँदै इञ्जिनीयर” मा पनि उहाँले आफ्नै जिवनवृतान्त लेख्नु भएको थियो।
उहाँले धुलिखेलमा खानेपानीको व्यवस्थापन, काठमाडौंमा प्लाष्टिक प्रकोप हटाउने लगायतका महत्त्वपूर्ण योगदान दिनुभएको थियो भने पछिल्लो समयमा उहाँ काठमाडौंको मच्छेगाउँस्थित शान्ति वन विकास समितिको निर्माण कार्यमा समर्पित हुनुहुन्थ्यो।
2०६२-६३ सालको जनआन्दोलन लगत्तै तराईको सशस्त्र गोइत समूहको अपहरणमा परेर त्यसबेला उहाँ संयोगले बाँच्नुभएका थियो।
