काठमाण्डौकाे ठमेल र महाराजगञ्ज क्षेत्रबाट गुण्डागर्दीमा संलग्नहरु पक्राउ

प्रहरीले काठमाण्डौको ठमेल र महाराजगञ्ज क्षेत्रबाट चक्रे मिलन भनिने मिलन गुरुङसहित गुण्डागर्दीमा संलग्नहरूलाई पक्राउ गरेको छ ।

महाराजगञ्ज र ठमेल क्षेत्रबाट अवैध काममा संलग्नहरू पक्राउ परेका प्रहरीको भनाइ छ । यसअघि प्रहरीले हिजो बिहान ठमेलको दोहोरी साँझबाट गुण्डागर्दीमा संलग्न सानुभाइ भनिने युवराज गुरुङलाई पक्राउ गरेको थियो ।

नागरिक र व्यवसायीलाई तर्साउने खालका गतिविधिमा सक्रिय देखिएपछि उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।