मेरो गितार होम म्युजिक पसलको गायन प्रतियोगिता हुदै

नेपाली संगीत क्षेत्रलाई नया पुस्तामा परिचित गर्ने उद्देश्यले मेरो गितार होम म्युजिक पसल र संस्थानले श्रावन १५ देखि भद्र ३१, २०८२ सम्म अनलाइन गायन प्रतियोगिता गर्दै छ। नयाँ गायन प्रतिभाको खोजी गर्दै जाने यसमा सबै नेपालीले पनि भाग लिन मिल्ने जानकारी गितार होम म्युजिकका रोहन शाक्य दिए । रेकर्डिङ, म्यूजिक भिडियो सूट, फोटो सूट, गिफ्ट ह्याम्पर लगायतका पुरस्कार दिइने आयोजक संस्थाले जनाएको छ ।

आफुले गाएको भिडियो आयोजकलाई myguitarhome33@gmail.com वा WhatsApp मा पठाउनुहोस्: 9803291810 ईमेलबाट पठाउन संस्थाले आग्रह गरेको छ । आउँदो असार गतेसम्म प्राप्त भिडियोलाई प्रतियोगीतामा समावेश गरिने र प्राप्त भिडियोबाट प्रतिभावान तीन गायक गायिका छानी गीत रेकर्डिङ, म्यूजिक भिडियो सूट, फोटो सूट, गिफ्ट ह्याम्पर लगायतका पुरस्कार दिइने आयोजक संस्थाले जनाएको छ ।

जसमा पहिलो पुरस्कार: गितार + अडियो/भिडियो रेकर्डिङ + ३-महिनाको संगीत कक्षा + प्रमाणपत्र + प्रेमको टोकन दोस्रो पुरस्कार: उकुले + २-महिनाको संगीत कक्षा + प्रमाणपत्र + प्रेमको टोकन तेस्रो पुरस्कार: १-महिनाको संगीत कक्षा + प्रमाणपत्र + संगीतका सामानहरू + प्रेमको टोकन हुने जानकारी न्युज नेपा डट कम लाई दिए।