आज कागेश्वरीमा मेला लाग्ने

आज कायाष्टमी अर्थात् कागे अष्टमी। आजको दिन कागेश्वरीमा मेला लाग्ने परम्परा रहेको छ । यता हनुमानढोकामा रहेको कागेश्वर महादेवको मन्दिर आजमात्र खुल्ने गर्छ ।

साथै, भोटाहिटीमा रहेको काठमाडौँको मुख्य प्रवेशद्वारहरू मध्ये एकमा पहिले नै पर्खिरहेको योसिनलाई आज बिहान ९:५2 बजे कागेश्वर मन्दिर अगाडि हनुमानढोकामा ल्याइने गर्दछ ।

यसै दिनबाट विधिवत् रुपमा मालश्री धुन बजाउने परम्परा सुरु हुन्छ। अब दशैंको महाअष्टमी आउन ठ्याक्कै एक महिना मात्र बाँकी रहेको ।