काठमाडौं। नेपाल समूह विजेता बन्दै आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा पुगेको छ।
शुक्रबार सम्पन्न समूह ‘बी’को अन्तिम खेलमा नेपालले नयाँ टोली जापानमाथि ५ विकेटको सहज जित निकालेको हो। योसँगै नेपालले समूह चरणमा ४ अंक जोडेको छ। नेपालले आफ्नो पहिलो खेलमा कुवेतलाई ५८ रनले हराउँदै सुपर सिक्सको यात्रा तय गरिसकेको थियो।
जापानले भने समूह चरणको पहिलो खेलमा कुवेतलाई ५ विकेटले पाखा लगाएको हो। यद्यपि, नेपालले सुपर सिक्समा २ अंक बुक गर्दा जापान भने अंकविहीन रहने भएको छ। अब नेपालले जापानसँग पनि खेल्न पर्ने छैन।
