नेपालले ओमानलाई हरायो ,नेपाल विश्वकपमा छनोट

कुशल भुर्तेलको सानदार ब्याटिङ र गुलशनकुमार झाको उस्तै उत्कृष्ट बलिङसँगै आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको उपाधिनजिक पुगेको छ।

बुधबार सम्पन्न सुपर सिक्सको तेस्रो खेलमा नेपालले ओमानलाई ३८ रनले पराजित गर्दै आफ्नो अपराजित यात्रा कायमै राख्न सफल भएको हो।

नेपालले समूह चरणबाटै २ अंक ल्याएको थियो। सुपर सिक्समा भने यूएईमाथि १ र कतारमाथि ५ रनको जित हात पारेको थियो। ओमानको भने अपराजित यात्रा टुंगिएको छ।

समान खेलमा ६ अंक रहेको ओमान दोस्रो स्थानमा झरेको छ। यद्यपि, यी दुई टोली विश्वकपमा पुगिसकेका छन्। अब ओमानले जापान र नेपालले समोअसँग खेल्नेछ।

नेपालले जितका लागि ओमानलाई १५२ रनको लक्ष्य दिएको थियो। तर, ओमानले ९ विकेट गुमाउँदै ११३ रन बनाएको हो।

ओमानका विनायक सुकलाले सर्वाधिक रन बनाए। बल खेलेका उनले १ चौका र २ छक्का प्रहार गरे। मोहम्मद नादिम ३१ बलमा १ छक्का प्रहार गर्दै २५ रन बनाएर आउट भए।

नेपाल र ओमान दुवै विश्वकपमा छनोट भइसकेका छन् । आजको जितपछि नेपाल ४ खेलमा ८ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ ।