झापा महिला गोल्डकपमा आज सङ्कटा र झापा भिड्ने

झापा– झापा महिला गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण फुटबल प्रतियोगितामा आज (बुधबार) सङ्कटा फुटबल क्लब र झापा फुटबल क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।

झापाको शिवसताक्षीस्थित दुधे रङ्गशालामा दिउँसो हुने खेलमा दुवै टोली जित निकाल्दै सेमिफाइनल प्रवेश गर्ने लक्ष्यका साथ मैदानमा उत्रने छन् ।

यसअघि मंगलबार भएको खेलमा पाहुना टोली सिक्किमको सिंग्लिङ क्लबलाई ७–० गोलले हराउँदै सशस्त्र प्रहरीको एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

कात्तिक २४ गतेसम्म चल्ने प्रतियोगितामा एपीएफ, नेपाल पुलिस क्लब, चर्च ब्वाइज युनाइटेड, त्रिभुवन आर्मी, सङ्कटा, झापा, आरएस पोखरा र सिक्किमको सिग्लिङ स्पोर्टिङ क्लब गरी आठ टोली सहभागी छन् ।

प्रतियोगिता अन्तर्गत चौथो क्वार्टरफाइनलमा बिहीबार त्रिभुवन आर्मी क्लब र आरएस पोखरा क्लब भिड्ने छन् । यस्तै पहिलो सेमिफाइनल कात्तिक २१ गते, दोस्रो सेमिफाइनल कात्तिक २२ गते र फाइनल खेल कात्तिक २४ गते हुनेछ ।

प्रतियोगिताको विजेताले १० लाख १० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेताले ५ लाख रुपैयाँ पुरस्कार पाउने छ ।