तोलामा ४९ सयले बढ्यो सुन, कतिमा हुँदैछ कारोबार?

सुनको मूल्यमा लगातार वृद्धि देखिन थालेको छ। मंगलबार पनि स्थानीय बजारमा सुनको मूल्य बढेको छ।

मंगलबार सुन प्रतितोला चार हजार नौ सय रूपैयाँले बढेको छ।  यस दिन सुन दुई लाख ४६  हजार ४  सय रूपैयाँमा किनबेच भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

सोमबार थप दुई हजार नौ सय रूपैयाँले बढेपछि दुई लाख ४१ हजार पाँच सय रूपैयाँमा किनबेच भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा मंगलबार सुन प्रतिऔंस चार हजार एक सय ३६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

स्थानीय बजारमा मंगलबार चाँदीको मूल्य पनि बढेको छ। अघिल्लो दिनको तुलनामा प्रतितोला एक सय पाँच रूपैयाँले मूल्य बढेर चाँदी  तीन हजार एक सय ७० रूपैयाँमा कारोबार भइरहेको छ।

सोमबार चाँदी प्रतितोला ३ हजार ६५ रूपैयाँमा कारोबार भएको थियो।