श्री भाष्करदेव संस्कारित केशचन्द्र कृत पारवत महाविहार, इतुबहाः संरक्षण समाजको २० औं वार्षिक सभा ने.सं. ११४६ प्वहेलागाः सप्तमी, शनिबार (२०८२ पुष २६ गते) इतुबहालमा भएको छ ।
उक्त वार्षिक सभामा सुपरिचित गायक उजं शाक्य र मूर्तिकार ज्ञान बहादुर शाक्यलाई समाजका अध्यक्ष प्रज्ञा रत्न शाक्यले दोसल्ला ओढाई सम्मान कार्य गर्नुभएको छ ।
समाजका कोषाध्यक्ष रुप कुमार शाक्यले आर्थिक प्रतिवेदन पेश गर्नुभएको उक्त कार्यक्रममा गायक उजं शाक्य र मूर्तिकार ज्ञान बहादुर शाक्यले पनि आआफ्ना क्षेत्रलाई समेट्नु भई मन्तब्य राख्नुभएको छ । कार्यक्रममा समाजका अध्यक्ष प्रज्ञा रत्न शाक्यले समाजले अघि बढाउँदै आएका विविध क्रियाकलाप र इतुंबहालमा कार्यक्रमलाई समेटिएर आफ्नो मन्तब्य राख्नुभएको छ ।
इतुंबहालका मूथाय्पा मणिरत्न शाक्य लगायत अन्य थाय्पाहरुका समेत उपिस्थिति रहेका यस कार्यक्रम समाजका सचिव रत्न सम्भव शाक्यले सञ्चालन गर्नुभएको हो ।
स्मरणीय छ, इतुबहादमा रहेको ध्यानकुटीमा विराजमान बुद्ध धर्म संघको मूर्ति ओकुबहालका श्री ज्ञान रत्न शाक्यले बनाउनु भएको हो भने यस अमूल्य सहयोगका लागि वहाँलाई समाजबाट सम्मान गरिएको हो । यसै गरी गायक युवा ब्यक्तित्व उजं शाक्यले संगीतका माध्यमबाट देशभर नेपालभाषालाई थप उचाईमा पुर्याउन अतुलनीय योगदान गर्नुभएकोमा वहाँलाई कदर स्वरुप सम्मान गरिएको हो ।
