सुनचाँदीको मूल्यले आज पनि बनायो नयाँ रेकर्ड, कतिमा हुँदैछ कारोबार?

काठमाडौँ । नेपाली बजारमा सुन र चाँदीको मूल्यले फेरि नयाँ रेकर्ड कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ७६ हजार ५ सय रुपैयाँ तोकिएको छ।

अघिल्लो दिनको तुलनामा सुनको भाउ १ हजार ८ सय रुपैयाँले बढेको हो। यसअघि सुन प्रतितोला २ लाख ७४ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, चाँदीको मूल्य पनि बढेर प्रतितोला ५ हजार ३४० रुपैयाँ पुगेको छ। चाँदीको भाउ अघिल्लो दिनभन्दा १ सय ४५ रुपैयाँले महँगिएको हो। हिजो चाँदी प्रतितोला ५ हजार १९५ रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यले नयाँ उचाइ छोएकाले त्यसको प्रत्यक्ष प्रभाव नेपाली बजारमा देखिएको व्यवसायीहरूले बताएका छन्।