आन्नद कार्कीको स्वरमा नेपाल भाषाको गीत “छंगु योवन छंगु जोवन ” सार्वजनिक

गायक आन्नद कार्कीको स्वर रहेको नेपाल भाषाको गीत “छंगु योवन छंगु जोवन ” सार्वजनिक भएको छ । यल इन्टरटेनमेन्ट प्राइभेट लिमिटेडद्वारा सार्वजनिक गरिएको उक्त गीतमा कार्कीलाई गायिका अगिना तण्डुकरले साथ दिएकी छिन्। बरिष्ठ संगितकार निरन्जन महर्जन द्वारा रचना गरिएकाे उक्त गीतको संगित पनि आफैंले गर्नुभएको हो।

यस म्यूजिक भिडियोको निर्देशन गाैतम तण्डुकार तथा छायाँकन रबि महर्जन र म्यकप रमी बज्राचार्यको रहेको थियो। म्युजिक भिडियोमा अधिवक्ता अनिल श्रेष्ठ र अनिशा खत्री मुख्य भूमिकामा छन्।

संगितकार निरन्जन महर्जनको सभापतित्वमा भएको उक्त विमोचन कार्यक्रमको प्रमुख अतिथिवर्ल्ड नेवाः अर्गनाइजेशनका नेपाल च्याप्टरका अध्यक्ष रमेश मुनिकर उपस्थितमा

भएको थियो। म्युजिक भिडियोमा ड्रेस डिजाईन:विनाज ड्रेस सेन्टरका विनालक्ष्मी प्रजापतीले गरेका थिए।