आउँदै गरेको निर्वाचनलाई लक्षित गर्दै आज नेपाल कम्युनिस्ट पार्टी (नेकपा) काठमाडौँ क्षेत्र नं. ८ का उम्मेदवार सुमन सायमीको संयोजकत्वमा काठमाडौँ क्षेत्र नं. ६ का उम्मेदवार हिमाल शर्मा, क्षेत्र नं. ७ का उम्मेदवार बसन्त प्रसाद मानन्धर, काठमाडौँ क्षेत्र नं. ९ का उम्मेदवार राधाकृष्ण महर्जन तथा काठमाडौँ क्षेत्र नं. १० का उम्मेदवार रूपा महर्जनले संयुक्त रूपमा निर्वाचन अभियानको औपचारिक शुभारम्भ गरेका छन्।
उनीहरूले जीवित देवदेवी गणेश, भैरव तथा कुमारीको दर्शन गरी विधिवत् पूजा–पाठमार्फत अभियानको सुरुवात गरेका हुन्। उक्त कार्यक्रममा पूर्व मन्त्री रञ्जिता श्रेष्ठ, पूर्व मन्त्री तथा प्रदेश सांसद शैलेन्द्र बज्राचार्य, काठमाडौँ क्षेत्र नं. ८ का निर्वाचन कमाण्डर उमेश स्थापित लगायत विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो।
