काठमाडौं । युवराज पौडेल उर्फ युवराज सफललाई प्रहरीले पक्राउ गरेको छ । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी पवन भट्टराईले बताए ।
प्रहरीका अनुसार उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताको बारेमा विभिन्न सञ्चार माध्यम र सामाजिक सञ्जाल मार्फत विभिन्न किसिमका नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा विभिन्न मुद्दामा रकम लेनदेन गरी फिर्ता लिने कार्य गरेको भनी बनाएका भिडियो र दिएका अन्तर्वार्तामा झूटो आरोप लगाएका थिए ।
उनलाई काठमाडौँ जिल्ला अदालतबाट ३ दिनको म्याद थपेर अनुसन्धान सुरु गरिएको छ ।
