कृष्ण सबुज बानियाँ चुनावी मैदानमा , २८ वडा चुनाव प्रचार समिति गठन

काठमाडौं क्षेत्र नम्बर ६ बाट नेपाली कांग्रेसका कृष्ण सबुज बानियाँ चुनावी मैदानमा उत्रेका छन्। नेपाली कांग्रेसका काठमाडौं सभापति समेत रहेका बानियाँ पहिलो पटक यस क्षेत्रबाट उम्मेदवार बनाउने संसदीय बोर्डले यसअघि नै निर्णय गरेको थियो ।

दुईपटक काठमाडौंको सभापति बनेका बानियाँ यसै क्षेत्रका स्थानीय बासिन्दा हुन् ।

हिजो “२८ वडाको चुनाव प्रचार समिति गठन भएको छ। काठमाडौँमा एक कार्यक्रम बीचमा बागबजारमा उक्त समिति गठन संगै क्रियाशील कार्यकर्तासँग बानियाँले छलफल समेत गरेका थिए ।