आईतबार, फेब्रुवरी १, २०२६ अर्थात माघ १८, २०८२ माध शुक्ल पुर्णिमाको दिन-आदि शक्ति महामाया श्री स्वस्थानी ब्रत तथा श्री माधव नारायण ब्रत सांगे पूजा तथा यज्ञ अमेरिकाको मेरिल्याण्ड राज्यमा समापन भएको छ । ऐतिहासिक नगर साँखु स्थित शालिनदीमा १ महिनाको कठोर ब्रत समाप्त भएकै दिन नेवाः कल्चर युएस्ए को आयोजनामा फिन्कबर्ग स्थित ग्रेटर बाल्टीमोर हिन्दु मन्दिरमा सफलतापूर्वक सुसम्पन्न भयो । पुजाको तयारी बिहानै देखी भएपनि पुजा शुभारम्भ भने स्थानीय समय अननुसार बिहानको ११ बजेतिर सुरू भएर दिउॅंसो ३ः३०बजेतिर समाप्त भएको थियो। नेवाः पुरोहित श्री बासव जुजु राजोपाध्यायले बिगत सन् २०१२ देखि अटुट रूपमा यो ब्रत पूजा गराउँदै आउनु भएको हो ।
हिऊँले भरिएको अति जाडोको मौसममा पनी अमेरीकाको बिभिन्न राज्यहरू मेरिल्याण्ड , भर्जिनिया, पेन्सिलभानिया लगायतका बाट महिला र पुरूष गरेर २५ जना ब्रतालुहरू शुभ राजभण्डारी,रोमिला श्रेष्ठ,चित्रा श्रेष्ठ,अर्चना सिंह / अमृत मान सिंह,प्रेमा श्रेष्ठ,रीना अमात्य श्रेष्ठ,कल्पना श्रेष्ठ/श्याम लाल श्रेष्ठ ,शर्मिला श्रेष्ठ/ हीरा श्रेष्ठ ,युरिका वैद्य/ नरेश वैद्य,पूर्णिमा राजभण्डारी / निलेश श्रेष्ठ, मीना प्रधान / रवि प्रधान, दीता सैंजु श्रेष्ठ,राजेश्वरी नकर्मी,निर्मला श्रेष्ठ/द्वारिका श्रेष्ठ ,रत्न रंजित,माया श्रेष्ठ,नीरु थापा ,सोनिस्ता गुरुङ, प्रविन भण्डारी, रचना तौजले,कबिता श्रेष्ठ,लक्ष्मी जोशी सहित १२० जना भन्दा बढि भक्तजनहरू र स्वयंसेवकहरू को उल्लासमय उपस्थिति थियो । २१ शौं सताब्दीमा उपलब्ध प्रविधि समेत सदुपयोग गरी जूम मार्फत पनि अमेरिकाका बिभिन्न राज्यहरूबाट श्री स्वस्थानी ब्रत बस्नुहुने ब्रतालुहरू समेतले बिधि बिधान पूर्वक सम्पन्न गर्न पाउनु भएको थियो ।
यस ब्रत पुजाका मूल कर्ता को रूपमा यो बर्ष मेरिल्याण्ड निवासी भक्तजन श्री रवि प्रधान तथा श्रीमती मिना प्रधान बाट मन्दिर तथा उपस्थिति सबैको लागी प्रसाद आफ्नो तर्फबाट प्रायोजन गर्नु भएको थियो साथै अमेरिका का नेवाः पुरोहित बासव जुजु द्वारा प्रधान दम्पती लाई खादा ओढाई सम्मान गर्नुका साथै सम्पूर्ण स्वयं सेवक भक्तजनहरू ममता जोशी, राजमि नकर्मी, रामलाल श्रेष्ठ, जयम्बु रंजित, अमृत मान सिंग , सिजन श्रेष्ठ , दिभाकर धौभडेल, महिन्द्र प्रधान, नरेश बैद्य, अनन्त प्रधान लगायत सम्पूर्ण समूहको विशेष सहयोगी भक्तजनहरू साथै प्रत्यक्ष- अप्रत्यक्ष रूपमा सहयोगीहरू ,मन्दिरका सहयोगीहरू र र न्यूज नेपा डट कम बाट पूजा कार्य को प्रत्यक्ष प्रसारण गरी यो बर्षको यो कार्यक्रम सफल पारी दिनु भएकोमा नेवाः कल्चर यूएसए को तर्फबाट बासव जुजुले हार्दिक धन्यवाद व्यक्त गर्नु भएको थियो।
अमेरिकामा पहिलो पटक श्री स्वस्थानी ब्रत समापन कार्यक्रम २०१२ मा नेवाः अर्गनाईजेशन् अफ् अमेरिकाले सुरू गरेको थियो तर पछि गएर निरन्तरता दिन नसकिने भएपछि नेवाः कल्चर युएसए ले गर्दै आइरहेको छ । अहिले यो श्री स्वस्थानी धर्म ब्रतकथा मेरिल्याण्ड लगायत अरू राज्यहरूमा पनि सुरू गरीसकेको छ। अहिले नेवाः र नेपालको धर्म, संस्कृती, रितीरिवाज नेपालमा मात्र सिमीत नभइकन अमेरीका र यूरोप देशहरूमा पनि उल्लेखनीय रूपमा मनाऊँदै आएका छन् र नेपाललाई बिश्वसामु पुर्याउन ठूलो भुमिका खेलेको छ। नेवाः पुरोहित श्री बासब जुजु राजोपाध्यायले दिनु भएको जानकारी अनुसार हरेक साल झैं यसपाली पनि प्राप्त भएको दक्षिणा भेटी सबै रकम १२५८ डलर उहांको स्वर्गिय पिता र माता मास्टर अच्युतानन्द र श्रीलक्ष्मी राजोपाध्यायको नाममा २०१६ स्थापित “Master Achyutananda-SriLaxmi Trust” द्वारा आर्थिक अबस्था कमजोर भएका कन्या मन्दिर माध्यमिक विद्यालय तथा दुर्गम क्षेत्रका बिद्यार्थी हरूलाई पूर्ण छात्रवृत्ति प्रदान गर्दै आएको बताउनु भएको छ। सल्लाहकार श्री सिजन श्रेष्ठ र अध्यक्ष तथा संयोजक श्री सजनी राजोपाध्यायले पूर्ण ज़िम्मेवारी पूर्वक काम गर्दै आउनु भएको यस ट्रस्टको सहायतामा हाल २०० जना भन्दा बढी बिद्यार्थीहरूले पढ्न पाएका छन्। अमेरिका बस्नुहुने धेरै जना सहृदयी ब्यक्तिहरुले २०१६ साल देखि यस ट्रस्ट मार्फ़त कन्या मन्दिर स्कूल लगायत ओखलढुंगामा समेत दुर्गम स्थानका स्कूलहरूमा विपन्न बच्चाहरूलाई पढाउन सहयोग गर्दै आउनु भएको छ ।
तपाईंहरू कसैलाई हाम्रा छोरा-छोरीहरुको शिक्षा र उज्ज्वल भविष्य को लागी साथ सहयोग गर्ने ईच्छा भएमा बासव जुजुलाई अमेरिकामा यो नंम्बरमा +1 4105307312 WhatsApp वा सजनी राजोपाध्याय +977 9841403831 लाई नेपालमा यो नम्बरमा सम्पर्क गर्नसक्नुहुनेछ।
