काठमाडौं । काठमाडौं क्षेत्र नं. ८ अन्तर्गत वडा नं. १५ मा घरदैलो कार्यक्रम निरन्तर रूपमा सञ्चालन भइरहेको छ। उक्त अभियानलाई तीव्रता दिँदै नेता बिराज भक्त श्रेष्ठले स्थानीय नागरिकसँग प्रत्यक्ष भेटघाट र संवादलाई प्राथमिकता दिएका छन्।
आजको घरदैलो कार्यक्रम शोभा भगवती मन्दिर मा पूजा–आराधना गरी शुभारम्भ गरिएको जनाइएको छ। त्यसपछि वडा नं. १५ अन्तर्गत चमती लगायत विभिन्न स्थानमा घरदैलो कार्यक्रम सञ्चालन गरिएको थियो।
यसैगरी, अर्को चरणको कार्यक्रम स्वयम्भू हरती मा पूजा–आराधनासहित सुरु गरिएको बताइएको छ।
घरदैलो अभियानका क्रममा स्थानीय आमा–बुवा, दाजुभाइ तथा दिदीबहिनीहरूसँग प्रत्यक्ष भेटघाट गर्दै उनीहरूको भावना, सुझाव र अपेक्षा सुन्ने अवसर प्राप्त भइरहेको अभियान बिराज भक्त श्रेष्ठले जनाएको छ। कार्यक्रममा स्थानीय बासिन्दाले विकास, पूर्वाधार तथा जनसरोकारका विषयमा आफ्ना धारणा राखेका छन्।
अभियानलाई उत्साहजनक रूपमा अगाडि बढाइएको बताउँदै वडा नं. १५ का आम नागरिकलाई उपस्थित भई आफ्ना अमूल्य सुझाव र साथ–सहयोग प्रदान गर्न अनुरोध गरिएको छ।
काठमाडौं क्षेत्र नं. ८ मा जारी घरदैलो अभियान आगामी दिनमा पनि निरन्तर सञ्चालन हुने जनाइएको छ।
