काठमाडौं । मध्यपूर्वीमा जारी तनावको असरस्वरूप नेपालमा पेट्रोलियम पदार्थ र ग्यास अभाव हुन थालेको छ ।
आयल निगमले पेट्रोल तथा ग्यासको अभाव नरहेको बताइरहँदा बजारमा भने उपभोक्ताले पाइरहेका छैनन् । बालाजु औद्योगिक क्षेत्र भित्रको नेपाल ग्यास उद्योगको वितरण कक्षमा ग्यास लिन सयौँ उपभोक्ताको लाम छ ।
नजिकैका पसलहरूमा ग्यास अभाव हुन थालेकाले सिलिन्डर बोकेर बालाजु आउन परेको सर्वसाधारण बताउँछन् ।
