केही दिनदेखि लगातार घटिरहेको सुनको मूल्य आज बढेको छ।

नेपाली बजारमा पछिल्लो केही दिनदेखि ओरालो लागिरहेको सुनको मूल्यमा आज बुधबार अप्रत्याशित वृद्धि देखिएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला १४ हजार ६ सय रुपैयाँले बढेर २ लाख ८८ हजार ५ सय रुपैयाँ पुगेको छ।

हिजो मङ्गलबार यसको मूल्य २ लाख ७३ हजार ९ सय रुपैयाँ कायम थियो। सुनसँगै चाँदीको भाउमा पनि उच्च वृद्धि भएको छ। आज चाँदी प्रतितोला ४ सय १५ रुपैयाँले बढेर ४ हजार ९ सय २० रुपैयाँमा कारोबार भइरहेको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्यमा वृद्धि भएसँगै त्यसको प्रत्यक्ष असर नेपाली बजारमा देखिएको हो। हाल अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔँस ४ हजार ६ सय र चाँदी ७४ अमेरिकी डलरमा कारोबार भइरहेको छ।