काठमाडौँ— नेपाली बजारमा आज सुन र चाँदीको मूल्यमा उल्लेख्य वृद्धि देखिएको छ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सुनको मूल्यमा एकैदिन प्रतितोला पाँच हजार रुपैयाँले वृद्धि भएको छ भने चाँदीको मूल्य प्रतितोला ५० रुपैयाँले बढेको छ।
नयाँ दरभाउ अनुसार आज छापावाल सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ।
त्यसैगरी, सेतो धातु चाँदीको मूल्य आज प्रतितोला चार हजार ७२० रुपैयाँ कायम भएको छ। यसअघि गत शुक्रबार छापावाल सुन प्रतितोला दुई लाख ८१ हजार रुपैयाँ र चाँदी प्रतितोला चार हजार ६७० रुपैयाँमा खरिदबिक्री भएको थियो।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस पाँच हजार १७० र चाँदी ८६ अमेरिकी डलर पुगेका कारण स्थानीय बजारमा पनि यसको प्रत्यक्ष असर परेको हो।
