एसईई नतिजा अपडेट: नतिजा हेर्ने एसएमएस र वेबसाइटको सूची सार्वजनिक

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) सानोठिमी भक्तपुरले माध्यमिक शिक्षा परीक्षा (SEE) २०८२ को नतिजा प्रकाशनसम्बन्धी तयारी पूरा गरेको छ । २०८३ वैशाख २६ गते प्रकाशित सूचना अनुसार, बोर्डले यस वर्षको नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा विभिन्न माध्यमबाट हेर्न सकिने व्यवस्था मिलाएको छ ।

विद्यार्थी र अभिभावकहरूले एसएमएस (SMS), आईभीआर (IVR) र विभिन्न आधिकारिक वेबसाइटहरू मार्फत नतिजा प्राप्त गर्न सक्नेछन् ।

एसएमएस र आईभीआरबाट नतिजा हेर्ने तरिका

बोर्डले नतिजा उपलब्ध गराउन ३ वटा संस्थाहरूलाई सर्टकोड (Shortcode) प्रयोगको अनुमति दिएको छ:

  • नेपाल टेलिकम: १६०० (SMS/USSD/IVR)
  • जानकी टेक्नोलोजी प्रा.लि.: ३५००१ (SMS)
  • एम्बिसन गुरु प्रा.लि.: ३१०६१ (SMS)

वेबसाइट मार्फत नतिजा हेर्ने पोर्टलहरू

बोर्डले नतिजा प्रकाशनका लागि सरकारी र निजी क्षेत्रका गरी कुल १४ वटा पोर्टलहरूलाई आधिकारिक अनुमति दिएको छ । निम्न वेबसाइटहरूमा गई आफ्नो सिम्बोल नम्बर राखेर नतिजा हेर्न सकिनेछ:

रा.प.बोर्ड परीक्षा नियन्त्रण कार्यालय: www.see.gov.np

राष्ट्रिय परीक्षा बोर्ड: www.neb.gov.np

नेपाल टेलिकम: www.see.ntc.net.np

कान्तिपुर पब्लिकेसन्स: www.ekantipur.com

इडियु सञ्जाल: www.see.edusanjal.com

खल्ती: https://khalti.com/app

कलेज इन्फो नेपाल: see.collegeinfonepal.com

द कनेक्ट प्लस: https://theconnectplus.com

एनसेल आजियाटा: https://ncellapp.ncell.com.np/result

निमा एजुकेशन फाउण्डेशन: result.neemaacademy.com

फोनिक्स एजुकेशन फाउण्डेशन: resultayo.com

एम्बिसन गुरु: see.ambition.guru

एन.इ.बि. रिजल्टस एण्ड निउज: https://see.merostudy.net

इन्द्रेणी टाइम्स नेटवर्क: nebeducation.com/see